सात शंख, १०८ बटुक र १६ भिक्षुको पाठसहित बालेनले गर्नेछन् प्रधानमन्त्रीको शपथ ग्रहण


सात शंख, १०८ बटुक र १६ भिक्षुको पाठसहित बालेनले गर्नेछन् प्रधानमन्त्रीको शपथ ग्रहण
  • नवकिरण
  • चैत्र ११, २०८२

काठमाडौं, चैत ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चैत १३ गते मुलुकको नयाँ प्रधानमन्त्री पद सम्हाल्ने भएका छन्।

शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजे सुरु हुने र यसमा सात शंख फुक्ने, १०८ जना बटुकद्वारा स्वस्ति पाठ र १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिने कार्यक्रम तय गरिएको छ।

समारोहपछि बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन्।