मधेश भवनअगाडि सात दलीय गठबन्धनको धर्ना सातौँ दिनमा प्रवेश


मधेश भवनअगाडि सात दलीय गठबन्धनको धर्ना सातौँ दिनमा प्रवेश
  • नवकिरण
  • मंसिर १, २०८२

जनकपुरधाम, मंसिर १ – मधेश प्रदेशमा गठन भएको सरकार असंवैधानिक भएको आरोप लगाउँदै सात दलीय गठबन्धनका सांसदहरूले लगातार सातौँ दिन पनि मधेश भवन अगाडि धर्ना दिएको छ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी तथा नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसदहरू प्रदेश प्रमुखको निर्णयविरुद्ध संयुक्त रूपमा आन्दोलित छन्।

गठबन्धनले संविधानको धारा १६८(३) अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्दै गठन गरेको सरकार विधि र संविधान विपरीत रहेको दाबी गर्दै आएको छ। उनीहरूले उक्त निर्णय बदर गर्न माग गरेका छन्।

यसैबीच, सरकार गठनविरुद्ध दायर गरिएको रिट निवेदनमा आज सर्वोच्च अदालतमा पनि सुनुवाइ तय भएको छ।

यस्तै सभामुख रामचन्द्र मण्डलमाथि दायर गरिएको महाभियोग प्रस्तावसँगै गठबन्धनले आन्दोलनलाई निरन्तरता दिएको छ।