हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो


हत्कडी लगाएर बलेलाई सरकारी वकिलको कार्यालयमा लगियो
  • नवकिरण
  • चैत्र २२, २०८२

काठमाडौँ, चैत २२ – जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’लाई आइतबार बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ।

प्रहरीले उनलाई अदालतमा म्याद थप गर्नुअघि आवश्यक बयानका लागि हत्कडीसहित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको हो। थुनुवा पोशाकमा रहेका लम्साल कपाल खौरिएको अवस्थामा देखिएका छन्।

उनीमाथि लागेको आरोपका सम्बन्धमा अमेरिकामा रहेकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले आजै उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।