कालिकोटमा रोचक प्रतिस्पर्धा: विप्लवका प्रकाण्ड पुनः उम्मेदवार


कालिकोटमा रोचक प्रतिस्पर्धा: विप्लवका प्रकाण्ड पुनः उम्मेदवार
  • नवकिरण
  • पौष २३, २०८२

सुर्खेत, पुस २३ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि पुनः संसदीय चुनावी मैदानमा उत्रने भएका छन्। कालिकोट जिल्ला समितिले उनलाई प्रतिनिधि सभा निर्वाचनका लागि एकल उम्मेदवारको रूपमा सिफारिस गरेको छ।

कालिकोटको मालकोट निवासी प्रकाण्ड माओवादी जनयुद्धकालीन केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज रहिसकेका नेता हुन्। शान्ति प्रक्रियापछि भएको पहिलो संविधानसभा निर्वाचनमा २०६४ मा उनले २७ हजार ६२१ मत ल्याएर विजयी भएका थिए र केन्द्रको मन्त्रीसमेत बनेका थिए।

प्रकाण्ड माओवादीबाट अलग भएपछि कालिकोटको राजनीतिमा महेन्द्रबहादुर शाहीको उदय भएको थियो। शाहीले २०७०, २०७४ र २०७९ को चुनाव जितेका छन्। तर प्रकाण्डले अझै पनि कर्णाली र कालिकोटमा बलियो प्रभाव राखेका छन् र उनले १८ वर्षपछि फेरि चुनावी प्रतिस्पर्धामा उत्रने भएपछि माहोल रोचक बन्ने आकलन गरिएको छ।

यसपटक कालिकोटमा नेकपा (माओवादी केन्द्र) बाट प्रचण्ड वा महेन्द्रबहादुर शाही, एमालेबाट नगीन्द्र शाही र कांग्रेसबाट भूपेन्द्रजंग शाही उम्मेदवार बन्ने सम्भावना छ। विगतका मत परिणाम हेर्दा प्रकाण्डले २०६४ मा ल्याएको मत अहिले पनि उच्च मानिन्छ, जसले उनलाई प्रतिस्पर्धीका लागि चुनौतीपूर्ण बनाएको छ।