चितवन, पुस २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कुलमान घिसिङसँग यसअघि भएको सहमतिको औपचारिक प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताएका छन्।
चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै सभापति लामिछानेले सरकारमा रहँदाकै समयमा कुलमान घिसिङसँग सहमति भएको र अब उनले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त सहमतिलाई पार्टीको आन्तरिक प्रक्रियामार्फत अघि बढाइने स्पष्ट पारे।
“हामीबीच सरकारमै रहँदा सहमति भएको थियो । अहिले उहाँ राजीनामा दिएर आउनु भएको छ, त्यसपछि पार्टीले विधिवत् निर्णय गरेर अगाडि बढ्छ,” लामिछानेले भने।
रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल’ बीच केही साता अघि समझदारी भएको थियो। उक्त सहमतिअनुसार घिसिङलाई पार्टीको उपसभापति पदसहित दोस्रो वरियतामा राख्ने सहमति गरिएको थियो।
