महाधिवेशनको मञ्च बाहिर देउवाको रणनीतिक बैठक


महाधिवेशनको मञ्च बाहिर देउवाको रणनीतिक बैठक
  • नवकिरण
  • पौष २७, २०८२

काठमाडौँ, पुस २७ – नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा चलिरहेकै समयमा पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन्।

सभापति देउवाले पार्टीभित्रको पछिल्लो राजनीतिक गतिविधि र महाधिवेशनसँग सम्बन्धित विषयमा परामर्श गर्न निकट नेताहरूलाई निवासमा आमन्त्रण गरेको उनीनिकट स्रोतले जनाएको छ। विशेष महाधिवेशनको उद्घाटन कार्यक्रम भइरहँदा नै देउवाले छलफल थालेको बताइएको छ।

स्रोतका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक केही समयअघि नै देउवा निवास पुगिसकेका थिए। उनीहरूसँग छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि क्रमशः बोलाइएको जनाइएको छ।

विशेष महाधिवेशनका क्रममा देउवाको यस पहललाई पार्टीको आगामी रणनीति र आन्तरिक समन्वयसँग जोडेर हेरिएको छ।