काठमाडौं, चैत १२ – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका थिए ।
संसद् सचिवालयका अनुसार कुल ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् ।
शपथ कार्यक्रममा सहभागी हुन सांसदहरू आ–आफ्नै सांस्कृतिक भेषभूषामा सिंहदरबार पुगेका थिए, जसले विविधता र सांस्कृतिक पहिचानलाई झल्काएको छ ।
