प्रतिनिधिसभा उपसभामुखमा २५ वर्षकी रुबीकुमारी, रास्वपाको खुला समर्थन


प्रतिनिधिसभा उपसभामुखमा २५ वर्षकी रुबीकुमारी, रास्वपाको खुला समर्थन
  • नवकिरण
  • चैत्र २६, २०८२

काठमाडौं, चैत २६ – प्रतिनिधिसभा उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन्। सत्तारुढ दल रास्वपाले उनलाई समर्थन गर्ने निर्णय गरेको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, “जनभावनाअनुसार उदाउँदो पार्टीहरूले एक ठाउँमा उभिनुपर्छ भन्ने दृष्टिकोणबाट उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको हो।”

उपसभामुखको लागि रास्वपाले सांसद अशोककुमार चौधरीलाई समर्थक बनाइरहेको छ।

यसैबीच, राप्रपाले पनि उपसभामुख पदका लागि सरस्वती लामाको उम्मेदवारी दर्ता गरेको छ। उनको प्रस्तावक ज्ञानेन्द्र शाही छन् भने समर्थकहरूमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन्।

यसरी, प्रतिनिधिसभाको उपसभामुख पदमा मुख्य दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।