राप्रपासँगको सम्बन्धबारे रवि स्पष्ट– सहकार्य रोकिएको छैन


राप्रपासँगको सम्बन्धबारे रवि स्पष्ट– सहकार्य रोकिएको छैन
  • नवकिरण
  • चैत्र २७, २०८२

काठमाडौं, चैत २७ – रास्वपा सभापति रवि लामिछानेले राप्रपासँगको सम्बन्धमा धोका भएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक सम्बन्धहरू परिस्थितिअनुसार अघि बढ्ने बताएका छन् ।

उपसभामुख चयनका क्रममा रास्वपाले साथ नदिएको भन्दै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले असन्तुष्टि जनाएका थिए ।

त्यसको जवाफमा लामिछानेले अन्तिम निर्णयमा विभिन्न राजनीतिक कारण र प्रभाव हुने भएकाले त्यसलाई धोका भन्न नमिल्ने स्पष्ट पारे ।

उनले ज्ञानेन्द्र शाहीसँग आफ्नो सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै भविष्यमा पनि सहकार्यका धेरै अवसर बाँकी रहेको बताएका छन् ।