परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख, इन्धनमा पाँच करोड ३३ लाख खर्च


परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख, इन्धनमा पाँच करोड ३३ लाख खर्च
  • नवकिरण
  • जेष्ठ ३, २०८२

काठमाडौँ, वैशाख ३ – परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी साधनको मर्मत र इन्धनमा ठूलो रकम खर्च भएको पाइएको छ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा मन्त्रालयले सवारी मर्मतमा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ र इन्धनमा ५ करोड ३३ लाख रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ।

उक्त प्रतिवेदन अनुसार, परराष्ट्र मन्त्रालयअन्तर्गत ४० नियोगमा जम्मा १८८ वटा चारपाङ्ग्रे सवारी साधन रहेका थिए। ती सवारी साधनहरूको मर्मतका लागि एउटै नियोगले १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ।

इन्धनमा मात्र ५ करोड ३३ लाख रुपैयाँ खर्च हुनु र मर्मतमा झन्डै समान रकम खर्च हुनुले सरकारी खर्च व्यवस्थापनमा प्रश्न उठाएको छ। यसले परराष्ट्र मन्त्रालयमा सवारी व्यवस्थापनको पारदर्शिता र प्रभावकारिताबारे चासो बढाएको छ।