धुलिखेलमा मजदुरको मृत्युप्रति सांसद शाहीको आक्रोश : “यो हत्या हो, दुर्घटना होइन”


धुलिखेलमा मजदुरको मृत्युप्रति सांसद शाहीको आक्रोश : “यो हत्या हो, दुर्घटना होइन”
  • नवकिरण
  • जेष्ठ ४, २०८२

काठमाडौँ, जेठ ४ – राप्रपा सांसद ज्ञानबहादुर शाहीले धुलिखेलमा विद्युतको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गुमाएका मजदुरको मृत्यु राज्यको लापरबाहीका कारण भएको दाबी गरेका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले यो घटना दुर्घटना नभई हत्या भएको आरोप लगाए।

सर्लाहीका उपेश परियारको मृत्युप्रति दुख व्यक्त गर्दै शाहीले दोषीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउन माग गरे।

साथै, फरक विचार राखेकै कारण सरकारले नागरिकहरूलाई पक्राउ गरिरहेको भन्दै आलोचना पनि गरे।