आज जेठ ६ गतेको राशिफल यस प्रकार रहेको छ;
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंमा विशेष आत्मबल देखिन्छ। कुनै पुरानो समस्या समाधानतर्फ जाँदैछ, र यसले तपाईंलाई भावनात्मक रूपमा हलुका बनाउनेछ। प्रेम सम्बन्धमा गहिरो समझदारी हुनेछ। प्रियजनसँग भविष्यको योजना बनाउने अवसर मिल्नेछ। तिक्तताहरू बिस्तारै पग्लिएर आत्मीयता फर्किनेछ। यात्रा सुखद र आनन्ददायक बन्नेछ। नजिकको घुमफिर वा साथीभाइसँग रमाइलो गन्तव्यमा जान सकिने सम्भावना छ। भाग्य पक्षले साथ दिने भएकाले छोटो प्रयासमा पनि राम्रो नतिजा हात पार्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन भावनात्मक सम्हालिनुपर्ने दिन हो। प्रेम सम्बन्धमा स्पष्टता आवश्यक देखिन्छ। प्रियजनसँगको संवादमा सन्तुलन राख्न नसक्दा सानो मतभेद गम्भीर रूप लिन सक्छ। समयमै खुलेर कुरा गर्नु हितकर हुनेछ। यात्रा अनपेक्षित रूपले अगाडि आउन सक्छ, विशेषतया पारिवारिक वा नजिकका व्यक्तिसँग सम्बन्धित। भाग्य स्थिर छ, निर्णयहरूमा सोचविचार गरेर अघि बढ्नु राम्रो हुनेछ। अरूको सुझाव काम लाग्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंको बोली र व्यवहार आज सबैलाई आकर्षित गर्ने खालको हुनेछ। सामाजिक जमघट वा सार्वजनिक ठाँउमा लोकप्रियता बढ्ने संकेत छ। प्रेम जीवनमा नयाँ जोशको अनुभूति हुनेछ। प्रियजनको साथमा समय बिताउन पाउनु सन्देह बिना नै सुखद हुनेछ।यात्राको लागि राम्रो समय हो। साथीभाइ वा परिवारसँग रमाइलो यात्रा गर्न सकिनेछ। भाग्यले तपाईंलाई शुभ निर्णयमा सहारा दिनेछ। यत्रा गर्दा नयाँ सम्बन्ध पनि बन्न सक्ने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनको चञ्चलताले केही असहज बनाउनेछ। प्रेममा अनावश्यक शंका वा असमझदारी बढ्न सक्ने सम्भावना छ, त्यसैले भावनालाई संयममा राखेर संवाद गर्नु हितकर हुनेछ। प्रियजनको सानो व्यवहार पनि मन नपर्न सक्छ, तर भावनामा बग्नुभन्दा बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ। यात्रा गर्दा सतर्क रहनु पर्छ, विशेष गरी सवारीसाधन र मौसमप्रति सजग रहनु उचित हुन्छ। भाग्य पक्ष केही कमजोर देखिन्छ, तर धैर्य र विवेकले तपाईंलाई जटिल परिस्थितिबाट निकाल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको व्यक्तित्वमा विशेष चमक देखिनेछ। आत्मविश्वास बढ्नेछ र प्रेममा सकारात्मक उर्जा आउनेछ। विगतमा टाढिएको सम्बन्ध नजिकिन सक्छ। प्रेम प्रस्ताव राख्ने वा सम्बन्धलाई नयाँ स्तरमा लैजाने सोच हुनुहुन्छ भने आज उपयुक्त समय हो। यात्रामा जान मन लाग्नेछ र तपाईंले त्यसको तयारी पनि गर्न सक्नुहुन्छ। घुमघाम वा विशेष गन्तव्यको यात्रा सुखद हुनेछ। भाग्यले प्रयासहरूमा सहजता ल्याउनेछ, आकस्मिक रूपमा कुनै खुसीको समाचार पनि प्राप्त हुन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
भावनात्मक रूपले अलिकति गहिराइमा जानुपर्ने दिन हो। तपाईंको अन्तरमन चुपचाप भएजस्तो लाग्न सक्छ, तर प्रेममा यो मौनता गलत बुझाइ बन्न नदिनुहोस्। प्रियजनसँगको आत्मीयता कायम राख्न संवाद जरुरी हुनेछ। यात्रा आवश्यक परे मात्र गर्नु राम्रो हुनेछ। टाढाको यात्रा टार्न सकिन्छ भने टार्नु उपयुक्त हुन्छ। भाग्यले तपाईंलाई आत्ममूल्यांकन र अनुशासनमा केन्द्रित गराउनेछ। आन्तरिक विकासका लागि आजको दिन लाभदायक छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम जीवनमा उमंग र उत्साह आउनेछ। तपाईंको बोली र व्यवहारले प्रियजनलाई प्रभावित पार्नेछ। विगतका तिक्तता हट्दै जान्छन् र सम्बन्धमा मिठास फर्किनेछ। सिंगल व्यक्तिहरूका लागि प्रेम प्रस्ताव आउने संकेत बलियो छ। यात्रा रमाइलो हुनेछ, सायद साथीभाइसँग मिलेर छोटो यात्राको योजना बन्न सक्छ। भाग्यपक्ष सबल देखिन्छ, तपाईंको इच्छाले दिशा पाउनेछ। हाँसो र रमाइलोले भरिएको दिन बन्ने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन प्रेममा परीक्षा लिने किसिमको देखिन्छ। यदि तपाईंले संयमता र समझदारी देखाउन सक्नु भयो भने सम्बन्धमा गहिरो विश्वास जाग्नेछ। नत्र तुच्छ बहसले टाढिएको सम्बन्ध अझै चिसिन सक्छ। मनको आवेग नियन्त्रणमा राख्नुहोस्। यात्रा गर्दा सावधानी अपनाउनु आवश्यक छ। समय व्यवस्थापन र सुरक्षा पक्षमा ध्यान दिनु होला। भाग्यले तपाईंलाई भावनात्मक रूपमा दरिलो बन्न प्रेरणा दिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ, भे)
आज तपाईं प्रेमको मामिलामा निकै भाग्यमानी बन्न सक्नुहुन्छ। आत्मविश्वास र सकारात्मक सोचका साथ बोल्दा प्रियजनको साथ प्राप्त हुनेछ। विगतका बिर्सनलायक घटनालाई पछाडि राखेर भविष्यको कुरा गर्न सकिने दिन हो। यात्राको लागि उत्कृष्ट समय हो। हावापानी र साथीहरूको साथले यात्रा अझ रमाइलो बनाउनेछ। भाग्यले तपाईंलाई जहाँ आवश्यक छ, त्यहीं सहजता दिनेछ। कुनै शुभ समाचारले तपाईंको दिन अझ उज्यालो बनाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा केही गम्भीरता रहनेछ, जसले प्रेम सम्बन्धमा समेत चुपचापता ल्याउन सक्छ। तपाईंको मौनता प्रियजनले गलत रूपमा लिन सक्छन्। आवश्यक छ भने भावनालाई शब्दमा उतार्नुहोस्, नत्र भ्रम बढ्न सक्छ। यात्राको अवसर आए पनि गहिरो सोचेर मात्र अघि बढ्नुहोला। कुनै पुरानो ठाउँमा फर्कने योग देखिन्छ। भाग्य स्थिर देखिन्छ, तर मानसिक स्पष्टता पाएपछि निर्णयहरू सहज हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज तपाईंको सामाजिक व्यवहार प्रशंसनीय रहनेछ। प्रेम जीवनमा स्पष्टता र रमाइलोपन दुवै देखिन्छ। विगतमा बाँकी रहेको कुनै मुद्दा आज समाधानमा पुग्न सक्छ। साथी वा प्रियजनसँग सँगै समय बिताउने योजना सफल हुनेछ। यात्रा विशेष फलदायी बन्न सक्छ। सुदूर ठाउँको यात्रा वा नयाँ स्थानको भ्रमणले नयाँ ऊर्जा दिनेछ। भाग्य बलियो छ, तपाईंले सोचेजस्तै उपलब्धि हात पार्ने सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन तपाईंका लागि भावनात्मक र आत्मिक शान्तिको दिन हो। प्रेममा समर्पण र आदरका भावनाले सम्बन्धमा सुदृढता ल्याउनेछ। प्रियजनको समर्थनले आत्मबल बढ्नेछ, गहिरा कुरा साझा गर्ने उपयुक्त समय हो। यात्राको योजना बनाउन मन लाग्नेछ, विशेष गरी शान्त वातावरण वा आध्यात्मिक स्थलतर्फ। मन हलुका बनाउने खालको यात्रा बन्नेछ। भाग्य तपाईँको प्रयाससँगै चल्नेछ—इच्छाशक्ति बलियो छ भने नतिजा पनि बलियो हुनेछ।