काठमाडौं, जेठ ६ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवस (जेठ १५) बाट हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्ने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले आन्दोलन शान्तिपूर्ण तर शक्तिशाली हुने बताउँदै भने, “प्रधानमन्त्रीले सम्झौता नगर्ने हो भने, उनलाई हेलिकोप्टरमा भाग्ने मौका दिनुपर्छ।”
उनले नागरिकलाई सिंगो परिवारसहित आन्दोलनमा सहभागी हुन आग्रह गर्दै आन्दोलनलाई निरन्तर र अहिंसात्मक ढंगले अघि बढाइने बताए।
लिङ्देनले भद्र अवज्ञा र सत्याग्रहको मार्ग अपनाएर दुई दशक नपुगेको गणतन्त्रको अन्त्य गर्ने दाबी गरे। “यो आन्दोलन देश बचाउने अभियान हो,” उनले भने।