तीनकुने घटना : दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको माग


तीनकुने घटना : दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको माग
  • नवकिरण
  • जेष्ठ ११, २०८२

काठमाडौँ, जेठ ११ – तीनकुने घटनासँग सम्बन्धित मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको माग गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तीनकुने घटनामा संलग्न रहेको आरोपमा मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माका अनुसार कुल ६१ जनाविरुद्ध विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ।

जसअनुसार ५० जनामाथि राज्यविरुद्धको कसुर, ११ जनामाथि आपराधिक उपद्रव, र ८ जनामाथि ज्यान मार्ने कसुरमा मुद्दा चलाइएको छ। जन्मकैद माग गरिएको अभियुक्तमध्ये दुर्गा प्रसाईं प्रमुख व्यक्ति मानिन्छन्।

त्यस्तै, घटनामा संलग्न चार जना नाबालकमाथि बाल अदालतमा मुद्दा चलाउने तयारी भइरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।

तीनकुने क्षेत्रमा भएको आगजनी र हिंसात्मक गतिविधिपछि सार्वजनिक चासो बढिरहेका बेला सरकारी पक्षले कडा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको हो।