काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौँ महानगरका पूर्व इन्जिनियर कोइरीविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा
  • नवकिरण
  • जेष्ठ २६, २०८२

काठमाडौँ, जेठ २६ – काठमाडौँ महानगरपालिकाका पूर्व इन्जिनियर रामबाबु महतो (रामबाबु महतो कोइरी) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, कोइरीले २०४६ साल वैशाख १९ देखि २०७८ साल फागुन ३० गतेसम्म सरकारी सेवा अवधि पूरा गरेका थिए। उक्त अवधिमा उनले तीन करोड ३७ लाख रुपैयाँ आर्जन गरेको देखिए पनि उनका कुल खर्च र लगानी सात करोड ९६ लाख रुपैयाँ पुगेको पाइएको छ।

उनको आम्दानी र खर्चबीच असमानता देखिएको र मनासिब कारणबिना अत्यधिक खर्च तथा अस्वाभाविक जीवनशैली अपनाएको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) अनुसार कैद र जरिवानासहितको माग दाबी गर्दै आयोगले सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो।

अख्तियारले रामबाबु कोइरीलाई आयभन्दा बढी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचार मुद्दा अघि बढाएको हो।