आज जेठ ३० गतेको राशिफल


आज जेठ ३० गतेको राशिफल
  • नवकिरण
  • जेष्ठ ३०, २०८२

आज जेठ ३० गतेको राशिफल यस प्रकार रहेको छ;

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंका लागि विशेष गरी व्यक्तिगत र व्यावसायिक जीवनमा नयाँ अवसरहरू बोकेर आएको देखिन्छ। विगतमा गरेका मेहनत र संघर्षले आज परिणाम दिन थालेको महसुस हुनेछ। विशेषगरी पारिवारिक वातावरणमा मेलमिलाप र समझदारीको भावनाले मन प्रफुल्लित बनाउनेछ। आन्तरिक सन्तोष अनुभव हुनेछ, जसले गर्दा मानसिक रूपमा पनि तपाईँ हल्का महसुस गर्नुहुनेछ।

व्यावसायिक जीवनमा पुरानो कुनै समस्या आज सुल्झने सम्भावना देखिन्छ। काममा पूर्णता ल्याउन सक्ने समय हो। वैदेशिक काम–कारोबारमा केही गति देखिनेछ। सरकारी काममा सफलता प्राप्त गर्न सकिन्छ। सामाजिक क्षेत्रमा तपाईंको विचार र सुझावको कदर हुनेछ।

आर्थिक पक्ष सुधारोन्मुख देखिन्छ, नयाँ आम्दानीको स्रोत भेटिनेछ। पारिवारिक सम्पत्तिबाट फाइदा लिन सकिने सम्भावना छ। प्रेम सम्बन्धमा नयाँ उत्साह र ऊर्जा छाउनेछ। यदि पहिले केही तिक्तता थियो भने त्यसमा सुधार आउने संकेत छ। वैवाहिक जीवनमा आपसी विश्वास र समझदारी बढ्नेछ।

स्वास्थ्य पक्ष सामान्य रहला, तर थकान वा सानो ज्वरोले केही असहजता ल्याउन सक्छ। खानपानमा सन्तुलन राख्नु उपयुक्त हुनेछ। अध्ययन–अध्यापनमा विशेष रुचि जाग्नेछ। नयाँ मित्रता र सम्पर्कहरूले आगामी दिनमा सहयोगी बन्नेछन्। लामो समयदेखि मनमा राखेको कुनै काम थालनी गर्न चाहनुहुन्छ भने आजको दिन उत्तम छ।

आज तपाईंलाई आफ्नो निर्णय क्षमतामा विश्वास गर्न आवश्यक छ। अन्यको कुरामा अल्झनुभन्दा आफ्नै विवेक अनुसार अघि बढ्दा सफलता नजिक आउनेछ। एक शब्दमा भन्नुपर्दा, आजको दिन तपाईंकै पक्षमा रहनेछ।

 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज वृष राशिका लागि धेरै समयदेखि मनमा अड्किएको कुनै कार्य सम्पन्न गर्ने अनुकूल समय हो। विगतका अधुरा योजना र प्रयासहरूलाई आज अघि बढाउने अवसर प्राप्त हुनेछ। विशेष गरेर आर्थिक क्षेत्रमा सुधार आउने संकेत प्रबल देखिन्छ। अघिल्लो लगानीबाट लाभ प्राप्त हुने सम्भावना प्रबल छ। पारिवारिक जीवनमा सन्तोष र मेलमिलाप रहनेछ। केही समयदेखि चलेको घरभित्रको असमझदारी हट्नेछ। आफ्ना अभिभावक वा वरिष्ठ व्यक्तिहरूको सल्लाह लिँदा अझ राम्रो निर्णय लिन सकिनेछ। प्रेम जीवनमा केही नयाँपन र भरोसा पुनः जाग्नेछ। पुराना साथीहरू वा टाढिएका व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। सामाजिक प्रतिष्ठामा पनि बृद्धि हुनेछ। आर्थिक रूपमा नयाँ अवसरहरू देखिन्छन्। कुनै नयाँ काम सुरु गर्ने सोच बनाइरहनु भएको छ भने आज योजना बनाउन उपयुक्त समय हो। विदेशी व्यक्तिसँग सहकार्य गर्ने अवसर पनि मिल्न सक्छ। वैदेशिक व्यापारमा विशेष सफलता मिल्नेछ। सरकारी काममा ढिलासुस्ती हुन सक्ने देखिन्छ, त्यसैले धैर्य र योजनाबद्ध ढंगले अघि बढ्नु उत्तम हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ, तर मानसिक तनावबाट जोगिन ध्यान दिनु आवश्यक छ। खानपानमा ध्यान राख्नुपर्ने देखिन्छ, विशेष गरी अमिलो र बेसारयुक्त खानेकुरा सेवन गर्दा फाइदा हुनेछ। अध्ययनमा विशेष ध्यान केन्द्रित गर्न सकिनेछ। विद्यार्थी वर्गका लागि आजको दिन सकारात्मक संकेत बोकेको छ। पारिवारिक जिम्मेवारी पूरा गर्दै आफ्नै लागि पनि केही समय छुट्याउने प्रयास गर्नुहोस्। आत्मविश्वास र धैर्यको बलमा आजको दिन तपाईँका लागि उपलब्धिमूलक बन्ने सम्भावना प्रबल देखिन्छ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशिका जातकहरूका लागि आजको दिन खर्च र आम्दानीबीच सन्तुलन कायम राख्नु पर्ने आवश्यकता देखिन्छ। विगतमा गरेका अनावश्यक खर्चहरूबाट केही पश्चाताप हुने स्थिति बन्न सक्छ, तर अब भविष्यका लागि नयाँ योजना बनाउन आवश्यक छ।

पारिवारिक जीवनमा केही सामान्य मनमुटाव हुन सक्ने देखिन्छ। अभिभावक वा वरिष्ठ सदस्यसँगको मतभिन्नता छलफलद्वारा समाधान गर्न सकिन्छ। प्रेम जीवनमा केही असमझदारी पैदा हुन सक्छ, त्यसैले संवादमा स्पष्टता र धैर्य आवश्यक छ। आर्थिक पक्ष सामान्य रहनेछ। तत्काल ठूलो लाभ अपेक्षा गर्नु उपयुक्त छैन, तर मेहनत गरिरहेमा क्रमशः सुधार आउनेछ। व्यापारमा नयाँ मोड आउन सक्छ, त्यसमा राम्रोसँग विचार गरेर अघि बढ्नु उत्तम हुनेछ। साझेदारीमा काम गर्दा अझ ध्यान दिनु आवश्यक हुनेछ। वैदेशिक कार्यमा नयाँ गति आउने देखिन्छ। स्वास्थ्यका दृष्टिले पेटसम्बन्धी समस्या देखिन सक्छ। त्यसैले आज खानपानमा विशेष ध्यान दिनुहोस्। यात्रामा जाँदा सावधानी अपनाउनु राम्रो हुन्छ। पढाइ लेखाइमा मन लाग्ने समय हो। आजको दिन भावनामा बगेर निर्णय गर्नु हुँदैन। सामाजिक क्षेत्रमा भने तपाईंको बोली र व्यवहारको प्रशंसा हुनेछ। मनमा आउने उत्साह र उमंगलाई सकारात्मक दिशामा प्रयोग गर्न सक्दा जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। विगतका गल्तीहरूबाट पाठ सिकेर अघि बढ्नु अहिलेको आवश्यकता हो।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन कर्कट राशिका जातकहरूको लागि विशेष गरी परिवारिक जीवनसँग जोडिएको महत्वपूर्ण समय हो। लामो समयदेखि घरभित्र चल्दै आएको केही मतभिन्नतामा समाधानको ढोका खुल्नेछ। अभिभावक वा घरका जेठाज्यूबाट महत्वपूर्ण सुझाव वा सल्लाह प्राप्त हुने सम्भावना प्रबल छ। जीवनसाथीसँग भावनात्मक सम्बन्ध अझ प्रगाढ बन्नेछ। प्रेम जीवनमा केही तिक्तता रहन सक्छ, तर धैर्य र आपसी समझदारीले सम्बन्धलाई मजबुत बनाउन सकिन्छ। आर्थिक क्षेत्र केही खिंचातानीपूर्ण देखिए पनि पुरानो कुनै लगानी वा थुपारिएको कामबाट धन प्राप्तिको सम्भावना देखिन्छ। यद्यपि आजको दिन ठूलाठूला आर्थिक जोखिम लिनु उचित हुनेछैन। साझेदारीमा चलिरहेका कामहरूमा सहकार्यमा केही कठिनाइ आउन सक्छ। आवश्यक निर्णय लिनु अघि राम्रोसँग सोचविचार गर्नु आवश्यक छ। व्यावसायिक जीवनमा पुराना सम्पर्कहरूबाट नयाँ अवसरको संकेत देखिन्छ। वैदेशिक कार्यमा प्रगति हुने योग छ। सरकारी वा कानुनी मामिलामा सफलताको सम्भावना छ। सामाजिक क्षेत्रमा तपाईंको विचार र सुझाबलाई विशेष मान्यता मिल्नेछ। स्वास्थ्य पक्षमा आज पेट सम्बन्धी केही समस्या देखिन सक्छ, विशेषगरी अमिलोपना वा ग्यास्ट्रिक समस्याले सताउन सक्छ। खानपानमा विशेष सजगता अपनाउनु आवश्यक छ। नियमित व्यायाम र ध्यान गर्दा लाभ हुनेछ। मानसिक रूपमा सकारात्मक रहनु अहिलेको आवश्यकता हो। शैक्षिक क्षेत्रमा नयाँ योजनाहरू बन्न सक्छन्। विशेष गरेर लेखन, अध्ययन वा रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन उत्साहजनक रहनेछ। नयाँ विषय सिक्न मन लाग्नेछ र गुरुजन वा अनुभवी व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना पनि देखिन्छ। यात्राको सम्भावना पनि देखिन्छ, तर ती थकाउने खालका हुनेछन्, त्यसैले पूर्ण तयारीसहित यात्रा गर्नु राम्रो हुनेछ। आज आत्मविश्वास र धैर्यले तपाईँको सम्पूर्ण दिनलाई सफल बनाउन सक्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशिका लागि आजको दिन मिश्रित फलदायी रहनेछ। आत्मविश्वास र जोशले भरिएको समय भए पनि बाह्य परिस्थितिहरू तपाईंको सोचेजस्तो नहुन सक्छ। काममा गरेको परिश्रम अनुसार सफलता मिल्न केही ढिलाइ हुन सक्छ, तर त्यसले तपाईंलाई विचलित तुल्याउने छैन। तपाईंभित्रको नेतृत्व क्षमता र क्रियाशीलता आज विशेष सक्रिय बन्नेछ। पारिवारिक जीवनमा केही सामान्य मतभिन्नता देखिए पनि समयक्रममा सुधार हुनेछ। आफ्ना विचार स्पष्ट रूपमा राख्न आवश्यक छ, तर अभिमान र अहंकारलाई नियन्त्रण गर्नु अहिलेको आवश्यकता हो। जीवनसाथीसँग भावनात्मक रूपमा अझ नजिकिने समय हो। प्रेम जीवनमा नयाँ आयाम सुरु हुन सक्छ। व्यवसायिक क्षेत्रमा आज विशेष सतर्क रहनुपर्ने छ। प्रतिस्पर्धामा उत्रनुपर्ने परिस्थिति आउन सक्छ, जसलाई तपाईँले आफ्नो धैर्य र संयमले सम्हाल्नु पर्नेछ। आर्थिक पक्षमा आज तत्काल लाभभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनु उपयुक्त हुनेछ। नयाँ आम्दानीका स्रोतहरू खोज्ने प्रयत्न सफल हुनेछ। सरकारी निकायमा केही अवरोध आउन सक्छ, त्यसैले दस्तावेज वा कामकाजमा पूर्ण तयारीसहित जानु राम्रो हुनेछ।

स्वास्थ्य पक्षमा टाउको दुख्ने वा आँखासम्बन्धी समस्या देखिन सक्छ। पर्याप्त आराम र ध्यानले यसको समाधान गर्न सकिनेछ। खानपानमा सन्तुलन आवश्यक छ, विशेष गरेर तिखा वा मसलेदार खानाले असहजता ल्याउन सक्छ। शैक्षिक क्षेत्र वा नयाँ सीप सिक्ने काममा आज मन केन्द्रित नहुन सक्छ, तर धैर्यपूर्वक अघि बढ्नु आवश्यक हुनेछ। आज सामाजिक रूपमा तपाईंको इज्जत र प्रतिष्ठा बढ्ने सम्भावना देखिन्छ। पुराना मित्रहरू वा विशिष्ट व्यक्तिहरूसँग पुनः सम्पर्क स्थापित हुन सक्छ। यात्रामा जाँदा विशेष सावधानी अपनाउनु राम्रो हुन्छ। आज तपाईँले आफ्नो आन्तरिक क्षमतामा भरोसा गर्नुपर्छ, किनभने बाहिरी अवरोधहरूलाई पराजित गर्ने सामर्थ्य तपाईँमा नै छ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन कन्या राशिका जातकहरूका लागि विशेष गरेर आर्थिक र करियरसँग सम्बन्धित अवसरहरू लिएर आएको देखिन्छ। विगतमा गरेका योजना र मेहनतहरू आज एकएक गरी सफलताको ढोका खोल्ने संकेत देखिन्छ। आर्थिक क्षेत्रमा विशेष सुधार आउनेछ र नयाँ स्रोतहरू फेला पर्नेछन्। साझेदारीमा चलिरहेको व्यापारमा सहकार्यले नयाँ उचाइ लिन सक्छ। पारिवारिक जीवनमा केही सामान्य खटपट देखिन सक्छ, विशेष गरेर अभिभावक वा आफन्तसँग विचार नमिल्दा मनमा दुःख लाग्न सक्छ। तर, समयक्रममा सबै कुरा सहज हुनेछ। जीवनसाथीसँगको सम्बन्धमा नयाँ ऊर्जा र उत्साह आउनेछ। प्रेम जीवनमा पुरानो कुनै तिक्तता हटेर नयाँ समझदारी स्थापित हुनेछ। व्यावसायिक क्षेत्रमा नयाँ अवसरको संकेत देखिन्छ। काममा वरिष्ठ व्यक्तिको समर्थन प्राप्त हुनेछ। सरकारी वा कानुनी काममा सफलता मिल्नेछ। वैदेशिक कारोबार वा पढाइमा इच्छाअनुसार प्रगति हुने समय हो। विशेष गरी लेखन, शिक्षण वा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूका लागि आजको दिन फलदायी देखिन्छ।

स्वास्थ्य पक्षमा सुधार आउनेछ, तर सानो तिनो समस्या भने रहन सक्छ। विशेष गरेर छाला वा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपान र जीवनशैलीमा सन्तुलन आवश्यक हुनेछ। नियमित व्यायाम र ध्यान गर्दा मानसिक रूपमा समेत शान्ति मिल्नेछ। शैक्षिक क्षेत्रमा नयाँ सफलता मिल्ने योग छ। विद्यार्थी वर्गका लागि आजको दिन मनोकामना पूर्ति हुने खालको देखिन्छ। अध्ययन, अनुसन्धान र सिर्जनात्मक कार्यमा विशेष सफलता मिल्नेछ। यात्रामा जाँदा लाभ प्राप्त हुनेछ, विशेष गरी मित्र वा परिवारसँग गरिएको यात्रा लाभदायक बन्नेछ। सामाजिक क्षेत्रमा तपाईंको योगदानको प्रशंसा हुनेछ। आज आत्मविश्वास र योजनाबद्ध प्रयासले जीवनलाई नयाँ दिशा दिनेछ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशिका जातकहरूका लागि आजको दिन विशेष जिम्मेवारी बोकेर आएको देखिन्छ। विगतमा सुरु गरेका कामहरू पूर्णता तर्फ जाने संकेत देखिन्छ। आफन्त वा साथीहरूबाट सहयोग प्राप्त हुनेछ। विशेष गरेर साझेदारीमा चलिरहेका काममा केही निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आर्थिक क्षेत्रमा सुधार आउने संकेत प्रबल छ। नयाँ लगानी वा काम सुरु गर्ने सोच बनाइरहनु भएको छ भने आज योजना बनाउन उपयुक्त समय हो। पारिवारिक जीवनमा थोरै खटपट आउन सक्छ। आमा वा घरकी महिलासँग सामान्य मनमुटाव हुने सम्भावना देखिन्छ। जीवनसाथीसँग भने सम्बन्ध सुमधुर बन्नेछ। प्रेम जीवनमा भावनात्मक निकटता बढ्नेछ र आपसी विश्वासको नयाँ स्तरमा प्रवेश हुनेछ। व्यावसायिक जीवनमा नयाँ मोड आउन सक्छ। पुरानो सम्पर्कबाट फाइदा लिन सक्नु हुनेछ। वैदेशिक कारोबार वा शिक्षा सम्बन्धी काममा आज विशेष ध्यान दिनु राम्रो हुनेछ। सरकारी निकायसँगको काममा ढिलासुस्ती भए पनि अन्ततः सफलता मिल्नेछ। सामाजिक रूपमा पनि तपाईँको योगदानको कदर हुनेछ। स्वास्थ्य पक्षमा केही कमजोरी महसुस हुन सक्छ, विशेष गरी ढाड वा घुँडासम्बन्धी समस्या देखिन सक्छ। खानपानमा विशेष ध्यान दिनु पर्ने समय हो। अमिलो र बेसारयुक्त खानेकुरा सेवन गर्दा लाभ हुनेछ। नियमित व्यायाम र ध्यान गर्दा मन पनि शान्त रहनेछ।

शैक्षिक क्षेत्रमा नयाँ अवसरहरू देखा पर्नेछ। विद्यार्थी वर्गका लागि विशेष अवसर मिल्ने संकेत देखिन्छ। अध्ययन वा अनुसन्धानमा विशेष रुचि जाग्नेछ। नयाँ पुस्तक पढ्ने वा नयाँ विषय अध्ययन गर्ने चाहना प्रबल हुनेछ। आज सामाजिक रूपमा नयाँ व्यक्ति वा सम्पर्कहरू बन्नेछन्, जसले आगामी दिनमा तपाईंलाई ठूलो सहयोग गर्नेछ। यात्रा गर्ने योजना बनेको छ भने आज त्यसको लागि तयारी गर्ने समय हो। आत्मविश्वास र सकारात्मक सोचले आजको दिनलाई अझ सफल बनाउन सकिन्छ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन वृश्चिक राशिका जातकहरूका लागि गहिरो अनुभूति र आत्मविश्लेषणको समय हो। विगत केही समयदेखि भित्रभित्रै खिचातानी भइरहेको मानसिक तनावलाई सम्हाल्ने प्रयास गर्नुपर्ने छ। पारिवारिक जिम्मेवारीहरू थपिन सक्छन्, विशेष गरेर अभिभावक वा ठूला मान्छेको स्वास्थ्यको चिन्ता मनमा बस्नेछ। तर घरभित्रको आपसी समझदारी र सहकार्यले समस्या समाधान तर्फ अग्रसर हुनेछ। जीवनसाथीसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ। यदि केही समयदेखि मनमुटाव थियो भने आज सुधारको संकेत देखिन्छ। प्रेम जीवनमा चाहिँ केही उतारचढाव आउन सक्छ, विशेष गरेर आपसी विश्वासमा खलल पर्नसक्छ, त्यसैले खुलेर कुरा गर्नु उत्तम हुनेछ।

व्यवसायिक क्षेत्रमा नयाँ चुनौती आउन सक्छ। काममा कठोर निर्णय लिनुपर्ने आवश्यकता देखा पर्नेछ। सहकर्मी वा साझेदारसँग कुरा गर्दा स्पष्टता अपनाउनु राम्रो हुन्छ, अन्यथा गलतफहमी बढ्न सक्छ। आर्थिक पक्षमा भने सुधार आउनेछ, विशेष गरेर पुराना कुनै थुपारिएका कामबाट फाइदा हुने योग छ। नयाँ लगानी वा ठूलो खर्च गर्न हतार नगर्नु नै उचित हुनेछ। वैदेशिक कारोबार वा काममा केही ढिलासुस्ती देखिए पनि अन्ततः सफलता हात लाग्नेछ। स्वास्थ्य पक्षमा पुराना रोगहरू उब्जिन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर पाचनतन्त्र वा जण्डिस जस्ता समस्याले सताउन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। शरीरलाई विषमुक्त राख्ने प्रयास गर्नु राम्रो हुनेछ। ध्यान र प्राणायाम गर्ने बानी बसाल्दा मानसिक रूपमा पनि राहत मिल्नेछ। शैक्षिक क्षेत्रमा मन केन्द्रित गर्न कठिनाइ हुन सक्छ। तर नियमित अभ्यास र गुरुजनको सहयोगले सफलता मिल्नेछ। यात्रामा जाँदा विशेष तयारी आवश्यक छ। विशेषगरी आकस्मिक कामले यात्रा गर्नुपर्ने परिस्थिति बन्न सक्छ।

सामाजिक क्षेत्रमा तपाईंको व्यक्तित्व र बोल्ने शैलीको कदर हुनेछ। कतिपयलाई परोपकार वा सामाजिक कार्यमा जोडिने अवसर पनि मिल्नेछ। आज तपाईंले धैर्य र दूरदृष्टिले जीवनका महत्वपूर्ण पाटाहरूमा सन्तुलन कायम गर्न सक्नुहुनेछ।

 

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका जातकहरूका लागि आजको दिन महत्वाकांक्षी योजनाहरू अघि बढाउने उपयुक्त समय हो। विगतका प्रयासहरू आज एकपछि अर्को गर्दै सफलतामा परिणत हुने संकेत देखिन्छ। घरपरिवारमा नयाँ उत्साहको सञ्चार हुनेछ। विशेष गरेर टाढा रहेका आफन्त वा साथीभाइसँग भेटघाट वा सम्पर्क पुनः स्थापित हुने सम्भावना छ। जीवनसाथीसँगको सम्बन्धमा मिठास आउनेछ। प्रेम जीवनमा नयाँ सुरुवात वा पुरानो सम्बन्धमा सुधार आउने दिन हो। प्रेम प्रस्ताव राख्ने हो भने उपयुक्त समय हो।

व्यवसायिक क्षेत्रमा नयाँ अवसरहरूको ढोका खुल्नेछ। काममा जिम्मेवारी बढ्नेछ, तर तपाईंले ती जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। सरकारी वा कानुनी कामहरूमा पनि सफलता मिल्नेछ। विशेष गरेर व्यवसाय वा वैदेशिक सम्बन्धित काममा सकारात्मक संकेत देखिन्छ। आर्थिक क्षेत्रमा नयाँ आम्दानीको स्रोत खुल्नेछ। लगानीका लागि आज योजना बनाउने उपयुक्त समय हो, तर हतार नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा विशेष सुधार आउनेछ। पुरानो कुनै रोग हटेर नयाँ ऊर्जा प्राप्त हुनेछ। विशेष गरेर मानसिक रूपमा तपाईंले शान्ति र सन्तुलन महसुस गर्नुहुनेछ। व्यस्त दिनचर्यामा पनि स्वास्थ्यलाई प्राथमिकता दिनु आवश्यक छ। योग वा ध्यान गर्ने बानीले सकारात्मक परिणाम ल्याउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने संकेत प्रबल छ। विशेष गरेर नयाँ विषयमा रुचि जाग्नेछ। लेखन, अनुसन्धान, अध्ययन वा सिर्जनात्मक काममा आज विशेष प्रगति हुने दिन हो। प्रतियोगितामा भाग लिने सोच बनाएको छ भने शुभ समाचार प्राप्त हुन सक्छ। सामाजिक रूपमा तपाईंको इज्जत बढ्नेछ। कतिपयलाई सम्मान वा पुरस्कार प्राप्त हुने सम्भावना छ। आज यात्रामा जाँदा विशेष लाभ मिल्नेछ। नयाँ साथी वा सम्पर्कहरू बन्नेछन्, जसले भविष्यमा तपाईंलाई आर्थिक वा व्यावसायिक रूपमा सहयोग पुर्‍याउनेछन्। आजको दिन आत्मविश्वास र स्पष्ट दृष्टिकोणले जीवनका विभिन्न क्षेत्रमा नयाँ ऊर्जा र सफलताको अनुभूति गराउनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा)

मकर राशिका जातकहरूका लागि आजको दिन विशेष रूपमा परिश्रम र प्रतिबद्धताको परिणामस्वरूप सफलता प्राप्त हुने समय हो। तपाईँले विगतमा गरेका कठिन संघर्षहरू आज लाभदायक बन्नेछन्। घरपरिवारमा नयाँ खुशीको माहोल बन्नेछ। विशेष गरेर आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त हुनेछ। आफन्तहरूबाट शुभ समाचार प्राप्त हुनेछ। जीवनसाथीसँगको सम्बन्धमा निकटता आउनेछ। प्रेम जीवनमा पनि नयाँ उत्साह र ऊर्जा आउनेछ। यदि प्रेम प्रस्ताव राख्ने सोच बनाउनु भएको छ भने आजको दिन उपयुक्त रहन सक्छ। व्यावसायिक क्षेत्रमा नयाँ मोड आउनेछ। जिम्मेवारी थपिन सक्छ, तर त्यसबाट तपाईंलाई दीर्घकालीन लाभ प्राप्त हुनेछ। सरकारी काममा सफलता मिल्ने सम्भावना छ। आर्थिक क्षेत्रमा पनि सुधार देखिन्छ। पुरानो कुनै रोकिएको धन फिर्ता पाउने योग छ। नयाँ लगानी वा व्यापार विस्तारको सोच बनाएको छ भने आज योजना बनाउने उत्तम समय हो। स्वास्थ्य पक्षमा केही कमजोरी महसुस हुन सक्छ। विशेष गरेर हड्डी वा जोर्नी सम्बन्धी समस्या देखिन सक्छ, त्यसैले शरीरलाई विश्राम दिने प्रयास गर्नु राम्रो हुन्छ। खानपानमा सन्तुलन अपनाउनु आवश्यक छ। शरीरलाई सक्रिय राख्न हल्का व्यायाम र ध्यान लाभदायक हुनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। विशेष गरेर अध्ययन वा अनुसन्धानमा लाग्नेहरूका लागि आजको दिन फलदायी देखिन्छ। विद्यार्थी वर्गले परीक्षामा राम्रो सफलता प्राप्त गर्नेछन्। नयाँ सीप सिक्ने अवसर पनि प्राप्त हुन सक्छ। सामाजिक रूपमा तपाईँको प्रतिष्ठा बढ्नेछ। नेतृत्वदायी भूमिकामा तपाईंको उपस्थिति महत्वपूर्ण हुनेछ। मित्रता वा सहकर्मीहरूसँग सम्बन्ध अझ प्रगाढ बन्नेछ। यात्रामा जाँदा विशेष लाभ मिल्ने संकेत देखिन्छ। आजको दिन आफ्नो क्षमतामा विश्वास राखेर अघि बढ्नुहोस, सफलता तपाईँकै हातमा रहनेछ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका जातकहरूका लागि आजको दिन विशेष योजनाबद्ध र रणनीतिक सोचमा आधारित रहनेछ। विगतमा सुरु गरेका योजनाहरूमा आज ठोस निर्णय लिनुपर्ने स्थिति आउन सक्छ। घरपरिवारमा केही तनावपूर्ण स्थिति आउन सक्छ, विशेष गरेर सम्पत्ति वा पैतृक अधिकार सम्बन्धी कुरा उठ्न सक्छ। तर, धैर्य र समझदारीले समाधान निकाल्न सकिनेछ। जीवनसाथीसँग भावनात्मक समर्थन प्राप्त हुनेछ। प्रेम जीवनमा पनि केही असमझदारी भए तापनि संवादमार्फत सम्बन्ध सुधार्ने अवसर मिल्नेछ। व्यावसायिक क्षेत्रमा नयाँ मोड आउने संकेत देखिन्छ। विशेष गरेर ठूलो कामको जिम्मेवारी लिनुपर्ने अवस्था आउन सक्छ। आर्थिक पक्षमा पनि सुधार आउनेछ। तर खर्चको मात्रा पनि बढ्न सक्छ, त्यसैले खर्च र आम्दानीको सन्तुलनमा ध्यान दिनु आवश्यक हुनेछ। वैदेशिक कारोबार वा अध्ययनमा प्रगति हुने समय हो। सरकारी वा कानुनी मामिलामा विजय मिल्ने योग छ। स्वास्थ्य पक्षमा पुरानो रोग पुनः बल्झिन सक्ने सम्भावना छ, विशेष गरेर नशा वा स्नायु सम्बन्धी समस्या देखिन सक्छ। नियमित व्यायाम र खानपानमा ध्यान दिँदा फाइदा हुनेछ। मानसिक रूपमा शान्त रहन ध्यान वा ध्यान प्रविधिहरू अपनाउनु राम्रो हुनेछ।

शैक्षिक क्षेत्रमा नयाँ अवसरहरू देखा पर्नेछ। विशेष गरेर प्राविधिक वा अनुसन्धानसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ। प्रतियोगिता वा परीक्षामा सफलता मिल्ने संकेत छ। नयाँ सीप सिक्ने वा विशेष तालिम लिने अवसर प्राप्त हुनेछ।

सामाजिक रूपमा तपाईंको योगदानको कदर हुनेछ। आज कुनै विशेष कार्यक्रम वा समारोहमा सहभागिता जनाउनु परेमा सम्मानित हुने सम्भावना पनि रहन्छ। यात्रामा जाँदा आकस्मिक लाभ मिल्नेछ। आज आफ्नो अनुभव र योजना अनुसार अघि बढ्दा दीर्घकालीन लाभ सुनिश्चित हुनेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशिका जातकहरूका लागि आजको दिन विशेष आशाजनक रहनेछ। लामो समयदेखि प्रयासरत कामहरूमा सफलता मिल्ने योग छ। घरपरिवारमा नयाँ खुशीको माहोल बन्नेछ। विशेष गरेर आफन्त वा साथीहरूसँग भेटघाट हुने सम्भावना प्रबल छ। जीवनसाथीसँगको सम्बन्धमा आत्मीयता आउनेछ। प्रेम जीवनमा पुरानो मतभेद हटेर नयाँ समझदारी स्थापित हुनेछ। यदि प्रेम प्रस्ताव गर्ने सोच बनाउनु भएको छ भने आज प्रयास गर्न सक्नुहुन्छ।

व्यावसायिक क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। विशेष गरेर विदेशसँग सम्बन्धित कारोबार वा अध्ययनमा प्रगति हुनेछ। सरकारी काममा सफलता प्राप्त हुनेछ। आर्थिक पक्षमा नयाँ स्रोतहरू खुल्ने छन्। अचानक लाभ वा ऋण फिर्ता हुने सम्भावना प्रबल छ। नयाँ लगानी वा साझेदारी सुरु गर्न उपयुक्त समय हो। स्वास्थ्य पक्षमा केही साना समस्याहरू आउन सक्छन्, विशेष गरेर एलर्जी वा छाला सम्बन्धी समस्या देखिन सक्छ। खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। शरीरलाई सन्तुलनमा राख्न ध्यान र योग गर्नु आवश्यक हुनेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुने योग प्रबल छ। विशेष गरेर अध्ययन, लेखन वा सिर्जनात्मक काममा नयाँ उर्जा आउनेछ। प्रतियोगितामा भाग लिनेहरूका लागि शुभ समय हो। गुरुजन वा अनुभवी व्यक्तिहरूबाट सहयोग प्राप्त हुनेछ। सामाजिक रूपमा सम्मान प्राप्त हुनेछ। मित्रता र सहकार्यमा प्रगति हुनेछ। नयाँ सम्बन्धहरू बन्नेछन्, जसले भविष्यमा तपाईंलाई लाभ पुर्याउनेछन्। यात्रामा जाँदा विशेष लाभ मिल्नेछ, विशेष गरेर धार्मिक वा सांस्कृतिक यात्रामा जाने योजना सफल हुनेछ। आजको दिन आत्मविश्वास र सकारात्मक सोचको बलमा तपाईंले नयाँ अवसरहरू पहिचान गरी जीवनलाई नयाँ दिशा दिन सक्नुहुनेछ।