त्रिशूली नदीमा दुई शव फेला, दाहसंस्कारको चिता समेत बाढीले बगायो


त्रिशूली नदीमा दुई शव फेला, दाहसंस्कारको चिता समेत बाढीले बगायो
  • नवकिरण
  • अषाढ २४, २०८२

धादिङ, असार २४ – धादिङको त्रिशूली नदी किनारमा मंगलबार बिहान दुई जनाको शव फेला परेको छ।

नदी किनारको लेदो माटोमा डुबेको अवस्थामा शवहरू भेटिएका हुन्। मृतकहरूको परिचय खुल्न सकेको छैन भने प्रहरी अनुसन्धानमा जुटिरहेको जनाएको छ।

यसैबीच, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदीमा अन्त्येष्टि गरिँदै गरेको चिता पनि बाढीले बगाएको छ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ का अनुसार उनका एक आफन्तको मंगलबार बिहान ५ बजे निधन भएपछि शवलाई त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। तर बिहान साढे ९ बजेतिर नदीमा अचानक बाढी बढेपछि जलिरहेको चितासहित शवको अवशेषसमेत बगाएको उनले जानकारी दिए।

नदीमा जलस्तर एक्कासि बढेसँगै स्थानियहरूमा त्रास फैलिएको छ। स्थानीय प्रशासनले नदी किनारमा सतर्कता अपनाउन आग्रह गरेको छ।