काठमाडौं, साउन ३ – वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने सन्तोष सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ मा बसोबास गर्दै आएका सुनुवार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–८ निवासी हुन्।
प्रहरीका अनुसार सुनुवारले एक व्यक्तिलाई कुवेतमा रोजगारी लगाइदिने भन्दै १ लाख ५३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउपछि सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।