माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय


माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय
  • नवकिरण
  • श्रावण १९, २०८२

काठमाडौं, साउन १९ – नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

सोमबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पार्टी एकताको प्रस्ताव पारित गर्दै, छलफलका लागि औपचारिक वार्ता टोली गठन गर्ने निर्णय गरेको हो।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले पत्रकारहरूसँग कुरा गर्दै भने, “विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न सहमति भएको छ। अब वार्ता टोली बनाएर संवाद प्रक्रिया सुरु गर्नेछौं।”

विप्लव समूहसहित वाम शक्तिहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यले गरिएको यो कदमलाई राजनीतिक रूपमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

यसअघि पनि समय-समयमा यी दुई दलबीच वैचारिक र राजनीतिक सहकार्यका संकेतहरू देखिँदै आएका थिए। अब एकताको निर्णयसँगै दुवै पार्टी संगठित रूपमा एकै ढाँचामा काम गर्ने दिशामा अघि बढ्ने छन्।

राजनीतिक विश्लेषकहरू भन्छन्, यो एकता प्रक्रियाले वाम गठबन्धनमा नयाँ सन्तुलन सिर्जना गर्नेछ भने देशको समग्र राजनीतिक चित्रमा पनि यसको प्रभाव देखिन सक्छ।