सिन्धुली फर्किए हायू परिवार, वडाध्यक्षको जिम्मामा सुरक्षित बिदाइ


सिन्धुली फर्किए हायू परिवार, वडाध्यक्षको जिम्मामा सुरक्षित बिदाइ
  • नवकिरण
  • श्रावण १९, २०८२

काठमाडौं, साउन १९ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का उर्मिला हायू र उनका १८ जना परिवारजनलाई पोखराबाट आधिकारिक रूपमा बिदा गरिएको छ।

पोखरामा गोविन्दप्रसाद भण्डारीको घरमा बसोबास गर्दै आएका उनीहरूलाई वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर फर्काइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतले जानकारी दिए। बिदाइ समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि उपस्थित थिए।

हायू परिवार केही समयअघि बाख्रा र भैसीसमेत छाडेर सम्पर्कविहीन भएका थिए। पछि खोजी गर्दा उनीहरू पोखरामा फेला परेका थिए।

उनीहरूले गोलन्जोरस्थित आफ्नै घर सुरक्षित नभएको भन्दै बस्न अस्वीकार गरेका छन्। वडाध्यक्ष श्रेष्ठले भने परिवारलाई सुरक्षित स्थानमा राख्ने तयारी भइरहेको बताएका छन्।

यो घटनाले समुदायस्तरमा नागरिकको मनोस्थिति र सुरक्षित बसोबासको आवश्यकता विषयमा गम्भीर बहस जन्माएको छ।