भैरहवा, साउन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेशले आगामी साउन ३० र ३१ गते भैरहवामा दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
रास्वपा लुम्बिनी प्रदेश उपसभापति सालिकराम घिमिरेका अनुसार प्रशिक्षणमा पार्टी सबलीकरण, रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन तयारी तथा सदस्य विस्तार जस्ता विषयमा विशेष छलफल हुनेछ।
कार्यक्रममा कार्यवाहक सभापति डिपी आचार्य, उपसभापति स्वर्णीम वाग्ले, प्रवक्ता मनिष झा, पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठलगायत नेताहरूले प्रशिक्षण दिनेछन्।
यसमा प्रदेश समिति, सल्लाहकार, जिल्ला तथा क्षेत्रीय समिति, प्रदेश विभागका सदस्य र पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ। घिमिरेका अनुसार सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।