काठमाडौं, साउन २८ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद चुलिँदै झडपको घटना भएको छ।
बुधबार बिहान राजधानीमा सुरु भएको अधिवेशनमा केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि स्थिति तनावग्रस्त बनेको हो। परिस्थिती नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नुपर्यो।
औपचारिक कार्यक्रम सुरु हुनुअघि नै विवाद बढेपछि माइकिङमार्फत सहभागीहरुलाई धैर्यपूर्वक बस्न आह्वान गरिएको थियो। तर, अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीचको आन्तरिक मतभेद युवा संगठनसम्म पुगेपछि अधिवेशन नै प्रभावित भएको हो।
अध्यक्ष लिङ्देनले विवादको बीचमा पनि कार्यकर्तालाई संयमित रहन आग्रह गर्दै होहल्ला र अराजक क्रियाकलाप पार्टीले सहन नहुने चेतावनी दिएका छन्।