नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी


नख्खु कारागारमा रहेका रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी
  • नवकिरण
  • भाद्र ३, २०८२

काठमाडौं, भदौ ३ – नख्खु कारागारमा रहेका रास्वपा अध्यक्ष रवि लामिछानेको स्वास्थ्य परीक्षणमा भिटामिन ‘डी’को कमी देखिएको छ।

गत सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टरमा नमुना पठाइएको थियो। परीक्षणमा अन्य समस्या नभए पनि भिटामिन ‘डी’ स्तर सामान्यभन्दा कम रहेको चिकित्सक टोलीले जनाएको छ।

अस्पताल स्रोतका अनुसार खानपानमा अनियमितता र घाममा पर्याप्त समय नबसेका कारण भिटामिन ‘डी’को कमी हुनसक्छ। चिकित्सकहरूले आजै नख्खु कारागार पुगेर उनलाई आवश्यक परामर्श दिने तयारी गरेका छन्।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार भिटामिन ‘डी’को कमीले हड्डी कमजोर हुनुका साथै रोगसँग लड्ने क्षमतामा असर पार्छ। यसले थकाइ, हातखुट्टा झम्झमाउने तथा कपाल झर्ने समस्या पनि ल्याउन सक्छ।

लामिछानेलाई तीन दिनअघि मात्र भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो, जहाँ उनी करिब ४ सय कैदीसहित एउटै ब्लकमा राखिएका छन्।