काठमाडौं, भदौ १६ – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न खोज्ने व्यक्तिलाई जरिवाना गरेको छ।
महानगर प्रहरी बलले सोमबार वडा नम्बर–१५, डल्लु पुलमुनि खोलामा रिक्सामार्फत फोहोर फाल्ने क्रममा सेख सिफहुलाहलाई नियन्त्रणमा लिएर ३० हजार रुपैयाँ जरिवाना गरेको हो।
महानगरले फोहोर व्यवस्थापनमा कठोर कदम चालेको भन्दै चेतावनी दिँदै आएको छ। महानगरका अनुसार सार्वजनिक स्थानमा फोहोर फाल्ने जो–कोहीलाई कानुनअनुसार जरिवाना तिराइनेछ।