सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित


सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित
  • नवकिरण
  • भाद्र २०, २०८२

काठमाडौं, भदौ २० – संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा शुक्रबार बसेको बैठकले खतिवडाको नाम सर्वसम्मत रूपमा अनुमोदन गर्दै सभापति घोषणा गरेको हो ।

ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त बनेको पदमा खतिवडाको एकल उम्मेदवारी दर्ता भएको थियो । बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडाको नाम प्रस्ताव गरेका थिए भने नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाएका थिए ।

यसअघि खतिवडा राज्य व्यवस्था समितिको सभापति समेत भइसकेका छन् । निजामति सेवा विधेयकमा विवादित प्रावधानबारे बनेको छानबिन समितिले उनलाई नैतिक तथा राजनीतिक जिम्मेवार ठहर गरेपछि उनले त्यस पदबाट राजीनामा दिएका थिए ।

खतिवडाको निर्विरोध चयनसँगै सुनुवाइ समितिको नेतृत्व फेरिएको छ ।