अर्थमन्त्री पौडेल : “राम्रा काम जनतासम्म पुर्‍याऔं, कमजोरीमा आलोचना गरौं”


अर्थमन्त्री पौडेल : “राम्रा काम जनतासम्म पुर्‍याऔं, कमजोरीमा आलोचना गरौं”
  • नवकिरण
  • भाद्र २१, २०८२

काठमाडौँ, भदौ २१ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका राम्रा र नराम्रा दुवै कामबारे सचेत जनमानसमा जानकारी पुर्‍याउनुपर्ने बताएका छन् ।

शनिवार राजधानीमा सम्पन्न नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले गरेका सकारात्मक कामलाई जनतामाझ पुर्‍याउन र कमजोरीबारे आलोचना गर्न पत्रकार तथा सरोकारवालालाई आग्रह गरे ।

उनका अनुसार सेजनले सरकार र जनतालाई नजिक्याउने भूमिका निर्वाह गर्न सक्ने महत्त्वपूर्ण संस्थाको रूपमा काम गर्दै आएको छ । “सेजनसँग मन्त्री–नेतालाई ल्याएर प्रत्यक्ष संवाद गर्ने क्षमता छ, जसले अर्थतन्त्रमा योगदान पुर्याउनेछ,” पौडेलले भने ।

आफूलाई मात्र प्रशंसा सुन्ने प्रवृत्ति राम्रो नभएको उल्लेख गर्दै उनले सरकार आलोचना सहने हैसियतमा रहेको बताए । साथै, आलोचनाले कमजोरी सच्याउन मद्दत गर्ने र राम्रो कामले जनतामा विश्वास जगाउने उनको भनाइ थियो ।