नयाँ बानेश्वरमा प्रहरी गोली प्रहार : एक जेनजी प्रदर्शनकारीको मृत्यु, ७० भन्दा बढी घाइते


नयाँ बानेश्वरमा प्रहरी गोली प्रहार : एक जेनजी प्रदर्शनकारीको मृत्यु, ७० भन्दा बढी घाइते
  • नवकिरण
  • भाद्र २३, २०८२

काठमाडौँ, भदौ २३ – नयाँ बानेश्वर क्षेत्रमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।

घाइते भएका प्रदर्शनकारीलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीका अनुसार, मृतकको मृत्यु उपचारका क्रममा भएको हो। यसैबीच, करिब ७० जना बढी घाइते प्रदर्शनकारीको उपचार भइरहेको जानकारी दिइएको छ। मृतकको सनाखत अझै पूरा हुन बाँकी छ।

प्रहरीले विरोध प्रदर्शन नियन्त्रण गर्न गोली चलाएको घटनाले समाजमा ठूलो चासो र विवाद निम्ताएको छ। प्रदर्शनकारीहरू सरकारको नीतिविरुद्ध सडकमा उत्रिएका थिए।