काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु जारी


काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु जारी
  • नवकिरण
  • भाद्र २४, २०८२

काठमाडौं, भदौ २४ – काठमाडौं जिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरिएको छ। जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐनअनुसार मंगलबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने जनाएको हो।

कर्फ्यु आदेश काठमाडौं महानगरपालिका भित्रका विभिन्न क्षेत्रलाई लक्षित गरिएको छ। आदेश अनुसार तोकिएको सीमा भित्र कसैले पनि आवतजावत गर्न, जुलुस, प्रदर्शन, सभा, भेला वा बैठक गर्न पाउने छैनन्।

प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सार्वजनिक सम्पत्ति र जनधनको सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश लागू गर्नुपरेको जनाएको छ।