प्रदर्शनकारीद्वारा नख्खु कारागारबाट रवि लामिछाने मुक्त


प्रदर्शनकारीद्वारा नख्खु कारागारबाट रवि लामिछाने मुक्त
  • नवकिरण
  • भाद्र २४, २०८२

काठमाडौं, भदौ २४ – सहकारी बचत अपचलन प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्।

लामिछाने बाहिरिएलगत्तै आमजनसमुदायलाई सम्बोधन गरेका छन्। उनको उक्त भाषणको भिडियो रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।

लामिछाने लामो समयदेखि सो मुद्दामा नख्खु कारागारमा रहेका थिए।