सर्वोच्च अदालतमा दमकल परिचालन, मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित


सर्वोच्च अदालतमा दमकल परिचालन, मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित
  • नवकिरण
  • भाद्र २५, २०८२

काठमाडौं, भदौ २५ -जेनजि युवाहरूको आन्दोलनको क्रममा मंगलबार लागेको आगलागीपछि सर्वोच्च अदालत पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । हिजोदेखि लगातार धधकिरहेको आगो निभाउन बुधबार बिहान दमकल टोली अदालत परिसरमा पुगेको हो ।

अदालत भवनमा भएको आगजनीका कारण सबै पेसीका मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि रोकिएको छ । सर्वोच्च प्रशासनले भवन प्रयोग अयोग्य भएको भन्दै कार्य सञ्चालन कहिले सुरु हुन्छ भन्ने निश्चित नभएको जनाएको छ ।

मंगलबार प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीपछि अदालत भवन पूर्णरूपमा जलेर ध्वस्त भएको हो । यस घटनापछि न्यायिक कार्यप्रणाली ठप्प बनेको छ ।