जेनजी वार्ता ढिलाइमा, प्रतिनिधि चयन र एजेन्डा तय हुन बाँकी


जेनजी वार्ता ढिलाइमा, प्रतिनिधि चयन र एजेन्डा तय हुन बाँकी
  • नवकिरण
  • भाद्र २५, २०८२

काठमाडौं, भदौ २५ – बदलिँदो राजनीतिक परिस्थितिका बीच मुलुकलाई सहज वातावरणमा ल्याउने प्रयास अन्तर्गत नेपाली सेनाले जेनजीलाई वार्तामा बोलाएको थियो। तर, स्रोतका अनुसार जेनजीले आन्तरिक छलफलमा सहमति जुटाउन अझै समय खर्चिरहेका छन्।

विवरणअनुसार, बुधवार दिउँसो जेनजीको टोलीले प्रतिनिधि को जाने र वार्ता एजेन्डामा के–के राख्ने भन्ने विषयमा भर्चुअल छलफल गरेको छ। सुरुमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई वार्तामा सहभागी हुन आग्रह गरिएको थियो, तर उनीले अहिलेसम्म ठोस जवाफ दिएका छैनन्।

त्यसैगरी, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी सरकारको नेतृत्वको विषयमा छलफलमा समावेश गरिएको थियो। तर कार्कीले यसबारे कुनै स्पष्ट जवाफ नदिएका छन्।

सूत्रका अनुसार, जेनजीका सदस्यहरू आन्तरिक छलफल सकेर चाँडै वार्तामा जान चाहन्छन्, तर मुद्दा र नेतृत्वबारे सहमति नजुट्दा वार्ता ढिलाइ भइरहेको छ। उनीहरूले राजनीतिक पार्टीका व्यक्तिलाई आफ्नो समूहमा नराख्नेमा प्रायः सबै सहमत देखिएका छन्।