काठमाडौँ, भदौ २७ – पछिल्लो तथ्यांकअनुसार जेनजी आन्दोलनमा ५१ जनाले ज्यान गुमाएका छन्।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृत्यु हुनेमध्ये २१ जना प्रदर्शनकारी रहेका छन्। प्रहरीको बल प्रयोगका क्रममा उनीहरूको मृत्यु भएको छ भने महाराजगञ्ज र कोटेश्वरमा कार्यरत तीन प्रहरीको समेत ज्यान गएको उनले बताए।
त्यसैगरी, आन्दोलनका क्रममा भएको आगजनी, भीडभाड र करेन्ट लाग्दा थप १८ जनाले ज्यान गुमाएका छन्। मृतकहरूको पहिचान सार्वजनिक गर्ने प्रक्रिया जारी रहेको प्रहरीको भनाइ छ।