प्रधानमन्त्री सुशीला कार्की घाइते आन्दोलनकारीलाई भेट्न अस्पतालतर्फ


प्रधानमन्त्री सुशीला कार्की घाइते आन्दोलनकारीलाई भेट्न अस्पतालतर्फ
  • नवकिरण
  • भाद्र २८, २०८२

काठमाडौं, भदौ २८ – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनमा घाइते भएका युवाहरुलाई भेट्न आज अस्पताल जाँदैछिन्।

शुक्रबार राति प्रधानमन्त्री पद सम्हालेकी कार्की आज दिउँसो केहीबेरमा वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पताल पुगेर उपचाररत घाइतेहरूको अवस्था बुझ्नेछिन्।

प्रधानमन्त्री कार्कीले अस्पताल भ्रमणपछि कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्ज प्रहरी वृत्त पनि अवलोकन गर्ने कार्यक्रम छ। हालैको प्रदर्शनका क्रममा भएका आगजनी घटनामा कोटेश्वर प्रहरी चौकीमा केही सुरक्षाकर्मीको ज्यान गएको थियो।

जेनजी आन्दोलन सुरु भएयता देशभर ५१ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।