काठमाडौं, असोज १ – जेन–जी आन्दोलनका क्रममा मृतक संख्या थपिएको छ । बुधबार कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव फेला परेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शवको अवस्था पूर्णरूपमा जलेको भएकाले पहिचान तत्काल सम्भव भएको छैन ।
यससँगै आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु पुष्टि भएको थियो ।
यसअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट सात वटा जलेका शव बरामद गरिएका थिए । ती शव अस्थिपञ्जर मात्र भेटिएकाले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।