काठमाडौँ, असोज ५ – नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तन गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्दै इन्जिनियर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार, शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञका रूपमा पठाइने र प्राधिकरणमा लामो अनुभव हासिल गरेका पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाइने निर्णय भएको छ।