पार्टी अध्यक्ष पदबाट बाबुरामको राजीनामा, विशेष महाधिवेशन तय


पार्टी अध्यक्ष पदबाट बाबुरामको राजीनामा, विशेष महाधिवेशन तय
  • नवकिरण
  • आश्विन ८, २०८२

काठमाडौं, असोज ७ – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पदत्याग गरेका छन्।

काठमाडौंमा बुधबार बसेको पार्टी केन्द्रीय समिति बैठकमा उनले अध्यक्ष पदको जिम्मेवारी छाड्ने निर्णय सुनाएका हुन्। बैठकले तत्कालीन केन्द्रीय समिति भंग गरेर पार्टीलाई विशेष महाधिवेशनमार्फत नयाँ संरचना दिनुपर्ने निष्कर्ष निकालेको छ।

त्यसका लागि आयोजक समिति बनाउने निर्णयसमेत भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। समितिको संयोजक वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोक्ने प्रस्ताव अगाडि सारिएको छ।