काठमाडौं, असोज १० – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी अध्यक्ष पद त्यागेका छन्।
शुक्रबार काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अब अध्यक्ष नभएको स्पष्ट पारे। बैठकले दाहाललाई महाधिवेशन आयोजक समितिको संयोजकका रूपमा मात्र अगाडि बढाउने निर्णय गरेको छ।
दाहालले भने, “आज केन्द्रीय समिति बैठक सम्पन्न भयो, म अब अध्यक्ष रहिनँ, संयोजक मात्रै भएको छु।”
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारदेखि काठमाडौंमा सुरु भई शुक्रबार सकिएको हो।