काठमाडौँ, असोज ११ – नेपाली कांग्रेस नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएको पुष्टि भएको छ।
जेनजी आन्दोलनका क्रममा स्कुल भवनमा तोडफोड र आगजनी हुँदा ठूलो क्षति पुगेपछि अभिभावकको बैठकमा उनले राजीनामा घोषणा गरेकी हुन्।
राणा उक्त स्कुलमा लगानीकर्ता नभए पनि व्यवस्थापन समितिको नेतृत्व गरिरहेकी थिइन्। तर आन्दोलनकै क्रममा “आरजुको स्कुल” भन्दै भीडले स्कुललाई लक्षित आक्रमण गरेको थियो।
उनको राजीनामापछि नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु हुने र स्कुल फेरि नयाँ ढंगले सञ्चालनमा ल्याउने तयारी भइरहेको स्कुल स्रोतले जनाएको छ।