काठमाडौं, असोज ११ – जेनजी विद्रोहलाई बेफाइदा र उपलब्धिविहीन बनाउने प्रयास भइरहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेताहरूले शनिबार माइतीघरमा मौन प्रदर्शन गरेका छन्।
उनीहरूले आन्दोलनका क्रममा शहीद भएका युवाको बलिदानलाई बेवास्ता गरिएको र दमनमा संलग्नहरूलाई अझै कानुनी कारबाहीमा नल्याइएको भन्दै आपत्ति जनाए।
राप्रपा केन्द्रीय सदस्य खु्स्बु ओलीका अनुसार, अन्तरिम सरकारले क्रान्तिको मूल भावनाविपरीत कदम चाल्न खोजेकाले ध्यानाकर्षण गराउन उनीहरूले मौन प्रदर्शन गर्न बाध्य भएका हुन्।
ओलीले भनिन्, “शहीदहरूको सपना र क्रान्तिको उद्देश्यलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”