रास्वपाले पूर्वसांसदलाई पासपोर्ट र परिचयपत्र बुझाउन निर्देशन


रास्वपाले पूर्वसांसदलाई पासपोर्ट र परिचयपत्र बुझाउन निर्देशन
  • नवकिरण
  • आश्विन १३, २०८२

काठमाडौं, असोज १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, जेनजी आन्दोलनपछि राजीनामा दिएका सांसदहरूले प्रयोगमा रहेका सबै सुविधा सम्बन्धी कागजात तुरुन्तै बुझाउन अनुरोध गरिएको हो।

साथै, रास्वपाले चाडपर्वका अवसरमा पार्टीको नाम, ब्यानर वा झण्डा प्रयोग गरेर कुनै कार्यक्रम आयोजना नगर्न सम्पूर्ण संरचना र सदस्यलाई निर्देशन दिएको छ।

‘जेनजी आन्दोलनको क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकमा छौं,’ वक्तव्यमा भनिएको छ, ‘त्यसैले यस वर्ष पार्टीका नाम र प्रतीकसहित चाडपर्व मनाउने कार्यक्रम नगर्न सबै तहका नेताकार्यकर्तालाई अनुरोध गरिएको छ।’