कालीमाटी तरकारी बजारमा तोडफोड–आगजनी प्रकरण : एक व्यक्ति पक्राउ


कालीमाटी तरकारी बजारमा तोडफोड–आगजनी प्रकरण : एक व्यक्ति पक्राउ
  • नवकिरण
  • कार्तिक २९, २०८२

काठमाडौँ, कार्तिक २९ – कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति काठमाडौँ महानगरपालिका–१३ टंकेश्वर बस्ने ४३ वर्षीय राजेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठलाई कार्तिक २७ गते दिउँसो कालीमाटी बजार क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको थियो। भदौ २४ गतेको प्रदर्शनका क्रममा उनले बजार परिसरभित्र रहेको सरकारी संरचनामा क्षति पुर्‍याउने कार्यमा संलग्न भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घटनाका अन्य सम्भावित संलग्नबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।