काठमाडौं, मंसिर २१ – जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबारका विभिन्न भवनहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज अवलोकन गर्ने भएकी छिन्।
उनका सल्लाहकार राजकुमार राईका अनुसार भण्डारी दिउँसो ठीक २ बजे सिंहदरबार पुगेर आगजनीबाट प्रभावित संरचनाको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ।
भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्रका कतिपय भवन तथा तिनका कार्यालय कक्षमा आगजनी भएको थियो। आगलागीबाट सरकारी कागजातदेखि कार्यालय उपकरणसम्मको क्षति भएको सरकारी स्रोतले जनाएको छ।
अवस्थाको प्रत्यक्ष अवलोकनपछि पूर्वराष्ट्रपतिले पुनःनिर्माण तथा सुरक्षा व्यवस्थाबारे सम्बद्ध निकायसँग छलफल गर्ने अपेक्षा गरिएको स्रोतले जनाएको छ।
