रवि–बालेनबीचको भेटमा जेनजीका रक्षा बम र पुरुषोत्तम यादव पनि उपस्थित


रवि–बालेनबीचको भेटमा जेनजीका रक्षा बम र पुरुषोत्तम यादव पनि उपस्थित
  • नवकिरण
  • पौष १०, २०८२

काठमाडौँ, पुस १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको छलफलमा जेनजी फ्रन्टका संयोजक रक्षा बम र जेनजी अभियन्ता पुरुषोत्तम यादवको पनि सहभागिता रहेको छ।

बिहीबार ललितपुरमा दुई नेताबीच राजनीतिक संवाद भइरहँदा उनीहरू पनि छलफलस्थलमा पुगेका हुन्। स्रोतका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ तथा वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा यो छलफल अघि बढाइएको हो।

यसै क्रममा जेनजी अभियन्ता सुदन गुरुङ पनि त्यहाँ पुगेका थिए। उनले विभिन्न राजनीतिक शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै नेताहरूमाथि दबाब सिर्जना गरेको बताइएको छ।

नयाँ राजनीतिक समीकरण र सहकार्यको सम्भावनाबारे भएको यो छलफललाई आगामी चुनावी रणनीतिसँग जोडेर हेरिएको छ।