रास्वपा–उज्यालो नेपालबीचको एकता प्रयास असफल


रास्वपा–उज्यालो नेपालबीचको एकता प्रयास असफल
  • नवकिरण
  • पौष २६, २०८२

काठमाडौं, पुस २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको सम्भावित सहकार्य अन्त्य भएको छ । लोकतान्त्रिक मूल्य, संविधान र राज्य संरचनाबारे साझा धारणा बन्न नसक्दा दुई दलबीच सहमति हुन सकेन ।

सहकार्यका लागि भएको छलफलमा रास्वपाले विद्यमान व्यवस्था भित्रै रहेर सुधारको राजनीति गर्ने स्पष्ट पारेको थियो । तर उज्यालो नेपाल पार्टीले नयाँ राजनीतिक सिद्धान्त र पुनर्विचारको आवश्यकता औंल्याएपछि मतभेद देखिएको हो ।

संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रका विषयमा उज्यालो नेपाल पार्टीको फरक दृष्टिकोणले सहकार्यमा बाधा पुगेको स्रोतले जनाएको छ । पदाधिकारी र सिट बाँडफाँडका विषयमा पनि सहमति जुट्न सकेन ।

रास्वपाले दीर्घकालीन परिवर्तनको अभियानलाई प्राथमिकतामा राख्दै पूर्व–भागबन्डाको राजनीति स्वीकार्न नसक्ने बताएपछि सहकार्य औपचारिक रूपमा टुंगिने अवस्थामा पुगेको छ ।