गगन थापा सभापति हुने सम्भावना बलियो, विशेष महाधिवेशनको निर्णय सार्वजनिक


गगन थापा सभापति हुने सम्भावना बलियो, विशेष महाधिवेशनको निर्णय सार्वजनिक
  • नवकिरण
  • पौष २८, २०८२

काठमाडौँ, पुस २८ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टीको अन्तरिम केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। बन्दसत्रबाट पारित कार्यविधिअनुसार विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनदेखि विधान संशोधनसम्मका निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यविधिमा उल्लेख भएअनुसार चौधौँ महाधिवेशनपछि गठन भएका केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समिति विघटन हुनेछन्। त्यसपछि विधानको धारा ३५ बमोजिम संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गरिनेछ, जसले पुस २७ र २८ गते सम्पन्न विशेष महाधिवेशनलाई वैधानिकता दिनेछ।

त्यस्तै, नियमित महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि विधानको धारा १६ र २१ अनुसार महाधिवेशन प्रतिनिधिहरूमार्फत केन्द्रीय कार्यसमितिको निर्वाचन गरिने व्यवस्था कार्यविधिमा समेटिएको छ। यसले नियमित महाधिवेशनसम्म पार्टी सञ्चालनका लागि अन्तरिम संरचना सुनिश्चित गर्नेछ।

यस व्यवस्थाअनुसार महामन्त्री गगन थापा सभापति रहने गरी अन्तरिम केन्द्रीय समिति चयन हुने सम्भावना देखिएको छ। कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिम साताका लागि तय गरिएको छ।