कास्की, माघ ११ – प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह बन्धनमा बाँधिएका छन्।
उनले पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कास्की जिल्ला अदालतमा कानुनी रूपमा विवाह सम्पन्न गरेका हुन्।
सन्तोष परियारले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेको जानकारी दिँदै खुशी व्यक्त गरेका छन्। विवाह समारोहमा दुबै पक्षका परिवार र नजिकका साथीभाइले सहभागी भएर यस अवसरलाई थप विशेष बनाएका थिए।
