काठमाडौं, माघ १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेश भ्रमणमा सक्रिय देखिएका छन्। मंगलबार कैलाली र कञ्चनपुरमा चुनावी कार्यक्रम सकेपछि उनी बुधबार बिहानै पहाडी जिल्लातर्फ लागेका हुन्।
भ्रमणको क्रममा बालेन हाल डडेलधुरा पुगिसकेका छन्। सुदूरपश्चिमका पहाडी भूभागतर्फ उक्लिँदा बाटोमा हिमपातसमेत भइरहेको बताइएको छ।
डडेलधुरा यात्राकै क्रममा बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै डोटेली भाषामा सन्देश दिएका छन्। उनले तस्बिरको क्याप्सनमा ‘सुदूर अब दूर नाई’ भन्दै ‘झिक्कै–झिक्कै माया तम्लाई!’ लेखेका छन्, जसले स्थानीय भाषा र संस्कृतिप्रतिको आत्मीयता झल्काउँछ।
यसैबीच, बालेनसँगै रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिर पनि सार्वजनिक गरेका छन्। ती तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेका छन्।
