काठमाडौं, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी अभियानमा अछाम पुगेका एक व्यक्ति अचानक बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
नुवाकोटका स्थायी बासिन्दा ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान अछाममा रहँदा एक्कासि बेहोस भएका थिए। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण गरिएको हो।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर सिटौलालाई काठमाडौं पठाइएको हो। उनका अनुसार आवश्यक समन्वयपछि उद्धार कार्य सम्पन्न गरिएको थियो।
सिटौला काठमाडौंमै रहँदै बालेनको चुनावी प्रचार–प्रसारमा सहभागी भई अछाम गएका थिए। हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।
