राप्रपा कमजोर भए देश ठूलो संकटतर्फ जाने लिङदेनको चेतावनी


राप्रपा कमजोर भए देश ठूलो संकटतर्फ जाने लिङदेनको चेतावनी
  • नवकिरण
  • माघ २५, २०८२

काठमाडौं, माघ २५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टी कमजोर भए देश गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन्। उनले भने, “राप्रपा कमजोर भयो भने निकट भविष्यमै देश जेनजी आन्दोलनभन्दा पनि ठूलो दुर्घटनामा पुग्ने निश्चित छ।”

आइतबार काठमाडौंमा पार्टी उम्मेदवारहरूसँगको छलफलमा लिङदेनले देशलाई बनाउनेभन्दा जोगाउने कुरामा अहिले ध्यान दिनुपर्ने बताए। उनले वर्तमान राजनीतिक परिस्थितिमा अतिवादी प्रवृत्ति बढेको र संवेदनशील संरचनामाथि खतरा बढेको बताउँदै मतदातालाई आफ्नो पार्टी बलियो बनाउन अपील गरे।

उनले जोड दिए, “यो चुनाव सामान्य प्रतिस्पर्धा मात्र होइन, देशलाई दुर्घटनाबाट बचाउने लोकतान्त्रिक माध्यम हो। सबैले राप्रपालाई समर्थन गरेर यसलाई सफल बनाउनुपर्छ।”

लिङदेनले राप्रपाले धम्की दिएको नभएको स्पष्ट गर्दै भने, “संसदमा पार्टी कमजोर भयो भने अकर्मण्यताका कारण देश अझ ठूलो संकटमा जान्छ। यसलाई रोक्न मतदाताले राप्रपालाई जिताउनै पर्छ।”