झापा, माघ २९ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत जेन-जी आन्दोलनमा जलेको बुबाको घर अवलोकन गर्न भद्रपुर–१, हिमाली पुगेका छन्।
काठमाडौं फर्किने क्रममा पत्नी राधिका शाक्यसहित गएर पहिलो पटक घर जलेको अवस्था देखेका ओलीले छिमेकीहरूका प्रश्नको जवाफ दिंदै भने, “यो जलेको घर हेर्न कसरी पठाउनु? बुबालाई यसबारे अझै जानकारी दिएका छैनौँ।”
ओली हाल झापा–५ मा चुनावी भेटघाटमा एक हप्ता बसेर आज काठमाडौं फर्किएका छन्।
